शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट महिलाको मृत्यु

बिहीबार, २५ चैत २०७२, १९ : ४१
बिहीबार, २५ चैत २०७२

चितवन– पूर्वी चितवनको खैरहनीमा आज टाँडीबाट हेटाँैडातर्फ जाँदै गरेको ना३ख ४६४२ नम्बरको ट्रकले ना२५प ३९४६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ ।

पूर्वी चितवन खैरहनी नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा स्कुटर चालक चितवनको राप्ती नगरपालिका–९ की पवित्रा भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप