शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने

शुक्रबार, ०१ साउन २०८३, १६ : ३२
शुक्रबार, ०१ साउन २०८३

 काठमाडौं । जापानको आइची-नागोयामा हुने २० औं एसियाली खेलकुद (एसियाड) को विशेष तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ ।

प्रशिक्षणका लागि चीन जान लागेका खेलाडीहरूमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली र सविता राई रहेका छन् । एसियाली खेलकुदकै लागि छनोट भएकी अर्की खेलाडी सुस्मिता तामाङ हाल चीनमै रहेकाले उनी त्यतैबाट नेपाली टोलीमा सहभागी हुने छिन् । टोलीको प्रशिक्षकमा प्रकाश महर्जन रहेका छन् ।

एसियाड टोलीबाहेक खेलाडी निमा घर्ती मगर र प्रशिक्षक नवीन बस्नेत पनि यसै टोलीसँगै चीन जाने तय भएको छ । नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा खेलाडीहरूलाई चीनको युनान विश्वविद्यालयमा प्रशिक्षणमा राख्न लागिएको नेपाल उसु महासंघका महासचिव नवराज ढुंगनाले जानकारी दिएका छन् ।

महासचिव ढुंगानाका अनुसार खेलाडीहरू तत्कालका लागि १ महिनाको प्रशिक्षणमा रहने छन् भने थप १ महिनाका लागि पनि त्यहीँ प्रशिक्षण गराउन आवश्यक पहल भइरहेको छ । उनले एसियाडमा सहभागी हुने सान्सौं विधाका खेलाडीहरूलाई पनि युनानमै प्रशिक्षणमा पठाउन प्रयास भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप