२५ दिनदेखि बन्द उदयपुर सिमेन्ट उद्योग आजदेखि सञ्चालनमा
शुक्रबार, २६ चैत २०७२, १० : ०८
उदयपुर - उद्योगको प्लान्ट मेसिनको दाँती बिग्रेका कारण २५ दिनदेखि सिमेन्ट उत्पादन गर्न बन्द हुँदै आएको उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग आज साँझदेखि सञ्चालन हुने भएको छ ।
उद्योगको प्लान्ट मेसिनको दाँतीलाई तत्काल भारतमा लगेर मर्मत गरेर ल्याएपछि केही महिनाका लागि उद्योग सञ्चालन हुन सहज भएको कुरा उद्योगका प्रबन्धक सुरेन्द्र पौडेलले बताए । बिग्रेको मेसिनको दाँती मर्मत गरेर ल्याई परीक्षणसमेत गरिएको कारण अब आजदेखि उद्योग सञ्चालन भई सिमेन्ट उत्पादन सुरु हुने कुरा उद्योग प्रशासनका प्रमुख पौडेलले बताए ।
जापानबाट नयाँ मेसिन खरिद गर्नका लागि पनि टेन्डर खुलाएर काम अगाडि बढाइएको कुरा उद्योग प्रशासनले बताएको छ । करिब दुई महिनासम्ममा जापानबाट अर्को नयाँ मेसिनसमेत आइपुग्ने भएको कारण पनि तत्काल बिग्रेको मेसिन मर्मत गरेर काम चलाउ गर्न सकिने भएको कारण उद्योग सञ्चालन सुरु हुन लागेको उद्योगले बताएको छ । उद्योग बन्द हुँदा दैनिक एक करोड रुपैयाँको बराबर सिमेन्ट उत्पादनमा घाटा हुने गरेको उद्योग प्रशासनले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण