आइपिएलको उद्घाटन आज : बलिउड स्टारदेखि क्रिस ब्राउनको प्रस्तुति हुने
काठमाडौं – भारतको चर्चित घरेलु लिग इन्डियन प्रिमियर लिग (आइपिएल) को सिजन ९ को उद्घाटन कार्यक्रम मुम्बईको वर्लीमा हुँदैछ । कार्यक्रममा बलिउड स्टार कटरिना कैफ, रणवीर सिंह, ज्याकलिन फर्नान्डेज र योयो हनी सिंहले प्रस्तुति दिनेछन् । कार्यक्रममा पहिलो पटक अमेरिकी पप स्टार क्रिस ब्राउनले पनि प्रस्तुति दिने बताइएको छ । उनके साथमा ब्याण्ड म्यानेजर मेजर लेजर, इंग्ल्सि र्यापर फ्युज ओडिजी र रेकर्डिङ आर्टिस्ट नेलाह थोरबोर्नले पनि प्रस्तुति दिने भारतीय मिडियाले उल्लेख गरेका छन् । कार्यक्रम स्थानीय समयअनुसार साँझ ७ः३० बजे कार्यक्रम हुनेछ ।
यसपटक आइपीएलमा केही परिवर्तन देखिनेछन् । बेटिङ प्रकणमा चेन्नाई सुपरकिंग र राजस्थान रोयल्स फसेपछि यसपटक उनीहरुको स्थानमा दुई नयाँ टोली थपिएका छन् । सिजन ९ को पहिलो खेल भोलि मुम्बाई इन्डियन्स र नयाँ टोली राइजिङ पुने सनराइजर्सबीच हुनेछ । दोस्रो खेल शनिबार कोलाकाता नाइट राइडर्स र दिल्ली डेयरडेविल्सबीच हुनेछ । अर्को नयाँ टिम गुजराज लायन्सले ११ अप्रिलमा आफ्नो पहिलो खेल किंग्स इलेवन पंजाबसँग खेल्नेछ । १२ अप्रिलमा रोयल च्यालेन्जर्स बैंग्लुरु र सनराइजर्स हैदराबादबीच हुनेछ । आइपीएलमा यसपटक कुल ५६ खेल हुनेछ । त्यसपछि प्लेअफ २४,२५ र २७ मे का दिन हुनेछ । २९ मेमा आइपलको फाइनल मुम्बईमा हुनेछ । टीम दिल्ली डेयरडेविल्स गुजरात लायंस किंग्स इलेवन पंजाब कोलकाता नाइटराइडर्स मुंबई इंडियंस राइजिंग पुणे सुपरजाइंट्स रॉयल चैलेंजर्स बेंगलुरु सनराइजर्स हैदराबाद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण