शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिरहामा आगलागी, १२ लाखभन्दा बढीको क्षति

आइतबार, २८ चैत २०७२, २० : ४१
आइतबार, २८ चैत २०७२

सिरहा - सिरहाको धनगढीमाई नगरपालिका–७ सोनापुरमा भएको आगलागीहुँदा १२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट घरमा रहेको अन्नपात, लत्ता कपडा जलेर नष्ट भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ । स्थानीय गोलबाई मियाँको घरबाट सुरुभएको आगलागीमा उनकै भाई र छोराहरुको नौं वटा घरटहराहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक राजकुमार केसीले आगलागीको कारण खुल्न नसकेपनि चुल्हामा रहेको आगोबाट सल्केको हुन सक्ने बताए । आगो लहान नगरपालिकाबाट आएको बारुण यन्त्र, स्थानीय वासिन्दा, नेपाल र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताईको छ । तिव्र गतिमा चलेको हावाहुरीका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएपनि ठूलो प्रयासपछि नियन्त्रणमा लिएको लहान प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको अन्नपात, लत्ता कपडा लागायका सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप