दुई वर्षभित्र सबै विद्यालयमा प्राविधिक विषय
तनहुँ - दुई वर्षभित्र तनहुँको सम्पुर्ण विद्यालयहरुमा प्राविधिक विषय ल्याउने प्रदेश सांसद आशा कोइरालाले बताएकी छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौ जिल्ला सम्मेलनमा उनले सो कुरा बताएकी हुन् । आजको आवश्यकता व्यवसायीक शिक्षा भएको हुँदा शिक्षा नीति परिवर्तन गरि व्यवसायी शिक्षा लागु गर्नुपर्ने बताइन् ।
सम्पुर्ण सरकारी शिक्षकहरुले आफ्नो छोराछोरी लाई सरकारी विद्यालयमा नै पढाउनु पर्नेमा उनले जोड दिइन् ।
त्यस्तै शिक्षकले विद्यालयमा राजनीति नगरी आफ्नो कर्तव्य जिम्मेवारी पुर्ण ढंगले गर्नुपर्ने उनको भनाइ छ ।
सम्मेलनमा प्रदेश सांसद हरि बहादुर चुमानले बामपन्थी एक भएर राज्य संचालन गर्नुपर्ने बताए । शिक्षक आन्दोलनबाट शिक्षक संगठन बनेको स्मरण गर्दै उनले अब बैचारिक आन्दोलनको आवश्यकता रहेको बताए ।

कार्यक्रममा जिल्लाका ५० जना शिक्षकहरु लाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन
-
अमेरिकाको नयाँ भिसा बन्ड पाइलट कार्यक्रम घोषणा
-
मेटा–रिलायन्स एआई डाटा सेन्टर सम्झौता
-
तोकिएको समयसीमाभित्रै सदस्यता अद्यावधिक गरिसक्न कांग्रेसकाे आग्रह
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
नीति प्रतिष्ठानको चौथो बैठकमा विषयगत अवधारणा प्रस्तुत, आचारसंहिता पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण