लाटोकोसेरो संरक्षणका लागि अध्ययन गरिने

अछाम– सुदूरपश्चिममा लाटोकोसेरो अर्थात् हुचिलको संरक्षणका लागि अध्ययन गरिने भएको छ । अध्ययनको सुरुआत अछाम जिल्लाबाट गरिने छ ।
लाटेकोसेराको अवस्थाका बारेमा अध्ययन गर्ने र त्यसको अवस्थाका बारेमा पत्ता लगाएर संरक्षण गरिने छ । पहिलेको तुलनामा सुदूरपश्चिममा हुचिलको सङ्ख्या घट्दो अवस्थामा रहेकाले हुचिल संरक्षणका लागि प्रकृतिका साथी नामक संस्थाले अध्ययन गर्ने भएको हो ।
नेपालमा पाइने २२ प्रजातिका हुचिलमध्ये सुदूर पश्चिममा करिब १२ प्रजातिका पाइने गरेको र त्यसको हालको अवस्थाका बारेमा कुनै यकिन सङ्ख्या र तथ्याङ्कका बारेमा कुनै पनि जानकारी नभएकाले अध्ययन गर्ने लागिएको लाटेकोसेरोको अनुसन्धान गरिरहनुभएका सुमन आचार्यले बताए । नेपालमा पाइने प्रजातिका हुचिलमध्येमा आठ प्रजातिका अति दुर्लभ मानिन्छ ।
हुचिलको संरक्षणमा लाग्न उक्त संस्थाले सुदूरपश्चिममा जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ । संस्थाले अछाम जिल्ला वन कार्यालय, जिल्ला भूसंरक्षण, जिल्ला कृषि विकास र जिल्ला पशुसेवा कार्यालयसँग समन्वय गरेर संरक्षणका कामको थालनी गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह
-
मुम्बईमा लगेर चेलीबेटी बेच्ने आरोपी ३० वर्षपछि पक्राउ
-
कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु