संविधानको रक्षा नगरिए मुलुक अन्धकार तर्फ धकेलिन्छ - सांसद सिग्देल
तनहुँ - सांसद केदार सिग्देलले संविधानको रक्षा नगरिए मुलुक अन्धकार तर्फ धकेलिन सक्ने बताएका छन् ।
अहिलेको संविधान सवै जातजाति, बर्ग, क्षेत्र सबैलाई समेट्न खालको रहेको चर्चा गर्दै साँसद सिग्देलले सामन्तवाद तर्फ मुलुकलाई फर्कन दिन नहुने बताए ।
तनहुँ उद्योग वाणिज्य संघको १५ औ महाधिवेशनबाट नवनिर्वाचित समितिको शपथ एवं पदस्थापन समारोहमा उनले सहकारी, निजी व्यवसायी र सार्वजनिक क्षेत्रमा प्रतिस्पर्धा हुनुपर्ने बताए ।
संघका नवनिर्वाचित अध्यक्ष मानकाजी श्रेष्ठले संघका निर्वाचित पदाधिकारी र १२ वटै बजार इकाईका सभापतिहरुलाई सपथ ग्रहण गराए ।

समितिको पहिलो बैठक शनिवारै बसेको थियो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले व्यापारीहरु नागरिक र ग्राहकमैत्री हुदै गुणस्तरीय बस्तु विक्री वितरण गरेर उचित मुनाफा लिएर काम गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय व्यापारीहरुको भूमिकामा परिवर्तन भएको उल्लेख गर्दै वाग्लेले अब व्यपारीहरु सामाजिक क्रियाकलाप तर्फ उत्तरदायित्व हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बादलको आरोप– प्रधानमन्त्रीको गलत अभिव्यक्तिको बचाउमा सांसदसहित सेना पनि लाग्यो
-
पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ
-
दरबार हत्याकाण्ड ‘उधिन्ने’ गृहमन्त्री गुरुङको घोषणाबारे के भन्छन् दलका नेताहरू ?
-
आङ्देम्बेको ‘मुर्दा लास’ र ‘चीरहरण’ शब्दप्रति रास्वपाको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
-
रामबहादुर थापाले दिए संसद् सुचारुका तीन उपाय
-
तामिल फिल्मका दिग्गज निर्देशक भारतीराजाको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण