भिमाद कप फाइनल आज: नवयुग श्रेष्ठ र सरोज कार्कीको टिमबीच भिडन्त
तनहुँ - तनहुँको भिमादमा जारी तेस्रो भिमाद कप नकआउट फुटवल प्रतियोगीताको फाइनलमा जलथल एफसी झापा र एनएसी युएसए भिमाद आज भिड्ने भएका छन् । फाइनल खेल आज २ बजे हुनेछ ।
शनिबार भएको पहिलो सेमिफाइन खेलमा राजदल गण खैरेनीटार माथि ४-० गोलको प्रभावशाली जित दर्ता गर्दै जलथल एफसी झापाले फाइनल यात्रा तय गरेको हो ।
झापाको लागि सरोज कार्कीले ह्याट्रिक तथा कर्ण लिम्बुले १ गोल गरेका थिए । कार्की खेलको म्यान अफ द म्याच घोषित भए ।
दोस्रो सेमिफाइनलमा आयोजक युवा क्लब भिमादलाई ० का विरुद्ध २ गोलले पराजित गदै एनएसी युएसए भिमादले जलथल एफसी झापासंगको फाइनल भेट पक्का गरेको हो ।
एनएसीको लागि दुवै गोल नवयुग श्रेष्ठले गरेका थिए । श्रेष्ठले खेल शुरु भएको १३ औँ मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । फरवार्ड श्रेष्ठ नै म्यान अफ द म्याच घोषित भए ।
विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ सहित ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट, खेलाडी, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही नगद १०-१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल
-
स्वास्थ्य सम्बद्ध सङ्घसंस्थाका पदाधिकारीहरूलाई अनिवार्य समावेश गर्न माग
-
श्रम संस्कृति पार्टीका सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरे, सभामुख पेलेरै अघि बढे (तस्बिरहरू)
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण