नेपाल वायुसेवा निगमको विमान काबुल पुग्यो
बुधबार, ०८ असार २०७३, ०७ : ५४
काठमाडौँ – १२ नेपालीको शब र घाइते लिन काठमाडौंबाट बिहान ३ बजे उडेको नेपाल वायु सेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुलमा सफलतापूर्वक अवतरण भएको छ । परराष्ट्र मन्त्रालयले सफलतापूर्वक विमान ल्याण्ड भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको छ ।
काबुलबाट शव ल्याउन तथा आवश्यक सहयोग र समन्वय गर्न सेनाको मेडिकल टिमसहित चार, प्रहरीबाट तीन, गृहबाट एक, परराष्ट्रबाट एक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट एक जना सो विमानमा गएका छन् । शव बुधबार बिहान साढे ११ बजे काठमाडौं ल्याइने तालिका छ ।
विमानको उडान तथा अवतरणको आवश्यक अनुमति सम्बन्धित अधिकारीबाट प्राप्त भएसँगै बिहान जहाज त्यसतर्फ पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले जानकारी दिए । सरकारले सो जहाजमार्फत मृतक र घाइतेसँगै नेपाल फर्कन चाहने अन्य नेपालीलाई पनि विमानको क्षमताअनुसार ल्याउने छ । सोमबार भएको आतङ्ककारी आक्रमणमा परी १२ नेपालीको निधन भएको थियो भने ७ जना घाइते भएका थिए ।RA special chartered flight successfully got to Kabul to bring the mortal remains of Nepalese nationals. — MOFA of Nepal (@MofaNepal) June 22, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
-
गोरखामा रासायनिक मल आवश्यकताको एकतिहाइ मात्र आपूर्ति
-
कांग्रेसले ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण