खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण
बाँके । खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ ।
गाउँपालिका अध्यक्ष डम्बरबहादुर विककाअनुसार खजुरा बजार क्षेत्रमा पर्ने मुख्य सडकको वैकल्पिक मार्गका रूपमा खजुरा गाउँपालिका–३ स्थित आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरिएको हो ।
अब हुलाकी सडकअन्तर्गत खजुरा बजार वा पेडारी नाला क्षेत्रमा कुनै अवरोध आए पनि अब आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक प्रयोग गरी नेपालगञ्ज–गुलरिया सहज रूपमा आवतजावत गर्न सकिने भएको छ ।
प्रदेश सरकारको रु.छ करोड १० लाख ९० हजार २८६ को लागतमा पुल निर्माण सम्पन्न भएपछि खजुरा बजार क्षेत्रको मुख्य सडकको वैकल्पिक मार्गका यो सडक निर्माण भएको हो ।
खजुरा गाउँपालिकाका आठवटै वडाका गाउँहरूलाई कालोपत्रे सडक सञ्जालले जोड्ने, प्रत्येक टोलमा कालोपत्रे सडक विस्तार गरी ‘धुलोरहित गाउँ’ निर्माण गर्ने तथा ढल र नालाको निर्माण तथा स्तरोन्नति गरी उचित पानी निकासको व्यवस्था गर्दै ‘डुबानमुक्त गाउँ’ बनाउने लक्ष्यसहित गाउँपालिकाले काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
-
राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
-
जर्मनीमा इन्जिनियरको रोजगारी संकट : ५० आवेदन दिँदा पनि जागिर पाएनन्
-
विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
-
अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण