पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
दाङ । दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट ऐतिहासिक ठाउँ भए पनि ओझेलमा परेको छ । यो ठाउँ पर्यटकीय हिसाबले पनि सम्भावना बोकेको ठाउँ हो । त्यहाँबाट जिल्लाका सबै भूभाग देखिन्छन् भने सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमालशृङ्खला देखिने भएकाले पनि पर्यटकीय सम्भावना बोकेको छ ।
स्थानीय मदन घर्तीका अनुसार त्यहाँबाट बबई नदी, राप्ती नदी, बाँकेका विभिन्न भूभागको अवलोकनसमेत गर्न सकिन्छ । त्यस्तै, विभिन्न वनजङ्गलको अवलोकन गर्न पनि सकिने भएकाले त्यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको छ । “यस क्षेत्रबाट जिल्लाको भूभागसँगै विभिन्न हिमाल देखिन्छन् भने तराईका सबै फाँटहरू देखिन्छन्”, उनले भने, “त्यसैले पनि यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिन्छ ।”
त्यहाँ दङ्गीशरण राजाले औलो लाग्दा बस्ने गरेको ठाउँका रूपमा समेत रहेको स्थानीय चक्रमिलन विश्वकर्माले बताए । उनका अनुसार सोही ठाउँमा पुरानो टेलिकमको टावर पनि छ । जुन पश्चिम नेपालमै चर्चित टावर थियो । गोल्टाकुरीबाट पाँच किलोमिटर पैदल हिँडेपछि राजाकोट पुग्न सकिन्छ । नजिकै कुनै बेला हाटबजार जाँदा रुकुम, सल्यान, रोल्पाका नागरिकले प्रयोग गर्ने तिलकन्या नाका पनि भएकाले पनि यो क्षेत्र पर्यटकीय हिसाबले उत्तम रहेको छ । जहाँ दङ्गीशरण गाउँपालिका–२ स्थित गोल्टाकुरीबाट पैदल पाँच किलोमिटर उकालो हिँडेपछि पुग्न सकिन्छ ।
त्यसलाई पर्यटकीय क्षेत्रका विकास गर्न सकेमा युवाहरू पनि स्वरोजगार हुने देखिन्छ । यहाँ पैदल हिँडेर पुग्न सकिन्छ । अहिले सडक पुगेको छैन । दुई घण्टा पैदल हिँडेमा सो ठाउँ पुग्न सकिन्छ । यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सबै क्षेत्रको सहयोग आवश्यक पर्ने दङ्गीशरण गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीले बताए । उनका अनुसार पालिकाले पनि यसलाई पर्यटकीय विकासका लागि पहल थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण