मधेस प्रदेश : बजेट विवाद समाधानका लागि कार्यदल गठनको घोषणा
सारांश
- मधेस प्रदेशका सभामुख राम अशिष यादवले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा अन्य समसामयिक विषयमा उत्पन्न समस्याहरू समाधानका लागि एक विशेष संसदीय कार्यदल गठनको घोषणा गरेका छन् ।
- प्रदेश सभामा देखिएका गतिरोध र बजेट कार्यान्वयनमा आइपर्ने कानुनी तथा व्यावहारिक जटिलताहरूलाई सुल्झाउन सभामुख यादवले सो कार्यदल गठनको घोषणा गरेका हुन् ।
- सात जना सांसदहरु रहेको यो समितिले आजैका मितिदेखि आफ्नो कार्य प्रारम्भ गर्ने र आवश्यकता अनुसार आफ्नै कार्यविधि बनाई अगाडि बढ्ने अधिकार पाएको छ ।
धनुषा । मधेस प्रदेशका सभामुख राम अशिष यादवले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा अन्य समसामयिक विषयमा उत्पन्न समस्याहरू समाधानका लागि भन्दै एक विशेष संसदीय कार्यदल गठनको घोषणा गरेका छन् ।
आइतबार बसेकाे प्रदेश सभाको बैठकमा प्रदेश सभामा देखिएका गतिरोध र बजेट कार्यान्वयनमा आइपर्ने कानुनी तथा व्यावहारिक जटिलताहरूलाई सुल्झाउन सभामुख यादवले सो कार्यदल गठनको घोषणा गरेका हुन् ।
कार्यदलमा सात जना सांसदहरु रहेका छन्। जसमा उपेन्द्र महतो, हरिन्द्र नारायण महतो, प्रमोद कुमार यादव, सन्जय कुमार यादव, बिमला अन्सारी खानम, सरिता कुमारी झालगायत रहेका छन्। यो समितिले आजैका मितिदेखि आफ्नो कार्य प्रारम्भ गर्ने र आवश्यकता अनुसार आफ्नै कार्यविधि बनाई अगाडि बढ्ने अधिकार पाएको छ।
समितिको कामलाई थप प्रभावकारी र सहज बनाउनका लागि सभामुख यादवले मधेस प्रदेश सभा नियमावली २०८२ को नियम १३५ को उपनियम २ र ३ निलम्बन गर्ने प्रस्ताव पेश गर्न रवीन्द्र श्रेष्ठलाई अनुमति समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवसमा कांग्रेसका समानान्तर कार्यक्रम
-
संविधान संशोधनमा ‘जनमत संग्रह सिफारिस’ले भड्किए पुराना दल
-
कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण