पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
शनिबार, २७ असार २०८३, १९ : ५८
काठमाडौँ । प्रहरीले माओवादीका एक पूर्वलडाकु कमाण्डरलाई ठगी आरोपमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ घर भएर काठमाडौँ बस्ने लहानुराम चौधरी छन् । शनिबार उनलाई थानकोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापाले रातोपाटीलाई बताए ।
४६ वर्षीय चौधरीले विदेश पठाउँछु भनेर ठगेको आरोप छ । उनीविरुद्ध वैदेशिक रोजगार विभागबाट पक्राउ अनुमति जारी भएको थियो ।
आरोपीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाइने एसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
-
विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडेन एडम्सको २५ वर्षमै निधन
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण