क्यान्सरपीडित बालिकाद्वारा सहयोगको अपिल
बागलुङ- नौ बर्षको कलिलो उमेरमा ब्लड क्यान्सरवाट पीडित बनेकी जिल्लाको भकुण्डेकी एक बालिकाले सहयोगको अपिल गरेकी छिन् । ब्लड क्यान्सरबाट पीडित बनेकी भकुण्डे–५ की नौ वर्षीया बालिका मनिषा बोहोराले आफ्नो उपचारका लागि सहयोगको अपिल गरेकी हुन् ।
आर्थिक अवस्था कमजोर भएका बोहोराको परिवारले मनिषाको ज्यान बचाउन सक्दो सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन् । गत २०७२ साल चैत महिनामा उनलाई क्यान्सर भएको थाहा पाएपछि कान्ति बाल अस्पताल, काठमाडाँैमा उपचारका लागि राखिएको परिवार स्रोतले बताएको छ । उपचारका क्रममा आफूसँग भएको रकम सकिएकाले अहिले उपचारका लागि समस्या भएको क्यान्सरपीडित बोहोराकी आमा माया किसानले बताउनुभयो ।
न्यून आर्थिक अवस्थाका कारण रोजगारीका लागि साउदी पुग्नुभएका मनिषाका बाबु खिमबहादुर किसान पनि छोरी बिरामी भएपछि स्वदेश फर्किनुभएको छ । मनिषाको उपचारका लागि अहिले दैनिक न्यूनतम रु पाँच हजारदेखि रु ६ हजारसम्म खर्च हुने गरेको छ । मनिषाको उपचारका लागि अझै तीन वर्षसम्म अस्पतालमा राख्नुपर्ने चिकित्सकले बताएका छन् । बोहोराको उपचारका लागि मनिषा उपचार सहयोग समिति बनाएर मनिषा बचाउ अभियान चलाइएको छ ।
गाउँ नजिकै रहेको चौतारेडाँडा माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत मनिषा गत चैत महिनामा लगातार बिरामी भएपछि उपचारका क्रममा ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । पीडित बालिकाले आफूलाई बचाउन सबैलाई अग्रह गरेकी छिन् । “मलाई बाँच्ने मन छ, धेरै पढ्ने मन छ, मनाई बचाउनूस्”, मनिषाले भनिन् ।
सहयोगका लागि हिमालयन बैंक बागलुङको खाता नम्बर ०२९०६२११५८००१८ मा सहयोग रकम जम्मा गरिदिन परिवारले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
-
गोरखामा रासायनिक मल आवश्यकताको एकतिहाइ मात्र आपूर्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण