सोमबारदेखि ऊर्जा सचिवस्तरीय बैठक नयाँ दिल्लीमा
काठमाडौँ - नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता(पिटिए)को कार्यान्वयनको अवस्था र सुधार गर्नुपर्ने प्रावधानलगायत विषयमा छलफल गर्न सोमबारदेखि नयाँ दिल्लीमा ऊर्जा सचिवस्तरीय बैठकको आयोजना गरिएको छ ।
पिटिए कार्यान्वयनमा देखिएको अवरोध हटाउने, अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा सुदृढीकरणका विषयमा समेत संयुक्त बैठकमा छलफल गर्ने कार्ययोजना रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थकाअनुसार दुई देशबीच भएको सहमति र कार्यान्वयनका अवस्थाका बारेमा समेत सचिव तथा सहसचिवस्तरीय बैठकमा छलफल हुनेछ ।
बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव सुमनप्रसाद शर्मा, सहसचिव दिनेश घिमिरे र अन्य अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका प्रमुख तथा उपकार्यकारी निर्देशकलगायतको उच्चस्तरीय टोली आज नै भारत प्रस्थान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण