सहज जितसँगै जर्मनी क्वाटरफाइनलमा, स्पेन वा इटालीको सामना गर्ने
सोमबार, १३ असार २०७३, ०७ : १६
लिले - प्रतियोगिताको प्रमुख दाबेदार मानिएको विश्वविजेता जमर्नीले स्लोभाकियामाथि सहज जित निकाल्दै युरो २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब जमर्नीको सामना स्पेन र इटालीबीचको विजेतासँग हुनेछ ।
जेरोम बोयटाङले जमर्नीलाई खेलको शुरुवातमै अग्रता दिलाए भने मारियो गोमेजले पहिलो हाफको अन्त्यतिर अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा जुलियान ड्रायक्सलरले अर्को गोल थपे ।
खेलको पहिलो हाफमा मेसुट ओजीलले पेनाल्टी मिस गरेका थिए ।
खेल अवधि भर आफ्नो पकड बनाएको जमर्नीविरुद्ध स्लोभाकियाका लागि जुराज कुकाले उत्कृष्ट अवसर पाए पनि म्यानुअल नुयरले उत्कृष्ट बचाउ गरे ।
तीन पटकको युरोपेली विजेता जमर्नीको खेल प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन मध्ये एक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण