कति छ सहायकमन्त्री लामाको सम्पत्ति ?
काठमाडौँ– सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामाको काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकामा सात आना जग्गामा घर रहेको छ ।
मन्त्रिपरिष्द तथा प्रधानमन्त्री कार्यालयमा उनले बुझाएको सम्पत्ति विवरणमा श्रीमती मेनुका राईको नाममा रहेको उक्त घर उनले स्वआर्जनमा बनाएको उल्लेख गरेका छन् । सहायकमन्त्री लामाको काभ्रेपलाञ्चोकको दाप्चा काशीखण्ड नगरपालिकामा पैतृक सम्पत्तिका रुपमा सगोलमा रहेको १३ रोपनी जग्गा र घर आमा डोलकुमारी लामाको नाममा रहेको छ । उनीसँग स्वआर्जन तथा दाइजो गरी ३० तोला सुन र २०० तोला चाँदी रहेको छ ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैक काठमाडौँको गौशाला शाखामा रहेको खातामा स्वाआर्जनको रु दुई लाख तथा एभरेष्ट बैँक मैतिदेवीमा तलवभत्ताबापत प्राप्त गरेको रु पाँच लाख रकम रहेको छ । कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था अत्तरखेलबाट उनले ऋण लिएको उल्लेख गरे पनि कति लिएको भन्ने सम्पत्ति विवरणमा खुलाइएको छैन । उनीसँग टोयोटा जिप, होण्डा मोटर साइकल, डियो स्कुटी रहेकोमा सबै स्वआर्जनबाट खरिद गरेको उल्लेख गरिएको छ । सहायकमन्त्री लामाको ‘क’ वर्गको धुकुधु कन्स्ट्रक्सन कम्पनी प्रालि सञ्चालनमा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
-
सुखद सम्बन्धका लागि जीवनसाथीसँग गर्नैपर्ने ६ कुराकानी
-
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण