संवादमार्फत समाधान खोज्न वरिष्ठ नेता पौडेलको आग्रह
बुधबार, १५ असार २०७३, १३ : ०८
काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत सङ्घीय गठबन्धन नेपालले उठाएका माग वार्ता र संवादमार्फत समाधान खोज्नुपर्ने बताएका छन् । आफ्ना माग पूरा गराउन दबाब सिर्जन गर्न गठबन्धनद्वारा टुडिखेलमा जारी रिले अनशन स्थलमा गई जायज माग पूरा गर्न सत्तारुढ दलले तत्परता देखाउनुपर्छ भने ।
नेता पौडेलले गठबन्धनका माग पूरा गराउन सत्तारुढ दल गम्भीर बन्न नसकेको आरोप लगाउँदै आफ्नो पार्टीले वार्ता र संवादका मार्फत गठबन्धनका माग पूरा गराउन जोड दिएको जानकारी दिए ।
गठबन्धनले आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिन रिले अनशन सुरु गरेको दुई हप्ता बितिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
-
सुखद सम्बन्धका लागि जीवनसाथीसँग गर्नैपर्ने ६ कुराकानी
-
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण