'ज्लाटान स्टाइल'मा इब्राहिमोविचको युनाइटेड आउने घोषणा
म्यान्चेस्टर - ज्लाटान इब्राहिमोविच म्यान्चेस्टर युनाइटेड आउने भएका छन् । ३४ वर्षीय स्वेडनका पूर्व कप्तानले सामाजिक सञ्जाल इन्टाग्रामबाट युनाइटेड जाने घोषणा गरेका हुन् ।
यद्यपि, उनले आधिकारिक पत्रमा भने हस्ताक्षर गरेका छैनन् । उनले शुक्रबार मेडिकलपछि सम्झौतापत्रमा हस्ताक्षर गर्ने बताइएको छ ।
सामान्यतः क्लबले खेलाडी किनेको घोषणा गर्ने गरेकोमा उनले क्लबभन्दा अघि आफै युनाइटेड जाने घोषणा गरे ।
उनले इन्सटाग्राममा युनाइटेडको ब्याज पोष्ट गर्दै लेखेका छन्, समय आएको छ कि विश्वले थाहा पाओस् । मेरो अर्को गन्तव्य म्यान्चेस्टर युनाइटेड हो । म आउँदै छु ।
स्वीडेनका स्ट्राइकरले एक वर्षका लागि अनुबन्ध गर्ने बताइएको छ । उनले हप्तामा २ लाख पाउण्डभन्दा बढी आम्दानी गर्नेछन् ।
उनी म्यान्चेस्टर युनाइटेडमा नयाँ प्रशिक्षक जोसे मोरिन्होको दोस्रो अनुबन्ध हुनेछन् । उनले यसअघि इन्टरमा रहँदा जोसेसँग काम गरिसकेका छन् ।
युनाइटेडले बोरुसिया डोर्टमण्डका प्लेमेकर हेनेरिक मखिटायर्नलाई पनि किन्ने योजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण