आठ करोडको अलैँची गाउँमै थन्कियो
सोलुखुम्बु-अलैँचीको मूल्यमा कमी आएपछि गुदेलका अलैँची व्यापारीलाई सास्ती भएको छ ।
चर्को ब्याजदरमा ऋण लिएर गाउँमा सङ्कलन गरेको अलैँचीको मूल्यमा कमी आएपछि अलैँची व्यापारीलाई समस्या भएको हो । मूल्य बढ्ने आशामा गाउँमा किसानले उत्पादन गरेको अलैँची प्रतिमन ४० किलो रु ८८ हजारमा किनेका व्यापारी अहिले उचित मूल्य नपाउँदा गाउँमै थन्क्याएर बसेका छन् ।
उचित मूल्य पर्खेर बसेका व्यापारी नौ महिनादेखि अलैँची थन्क्याएर बसेका छन् । उनीहरुले अलैँचीमा रु एक करोडभन्दा बढी लगानी गरेका छन् । गत वर्षको असोज–कात्तिकमा गाविसभर सङ्कलन गरेको अलैँची उचित मूल्य नपाएपछि घरमै थन्क्याएको गुदेल–२ तुमाउका जयकुवीर राईले बताए ।
“चर्को ब्याजले डुब्ने अवस्था भइसक्दा पनि अलैँचीको मूल्य बढेको छ्रैन,” उनले भने । गुदेलका व्यापारी जङ्गीराम राईसँग रु एक करोड ७६ लाख बराबरको २०० मन, गुदेल–४ का व्यापारी नारद कुलुङसँग रु एक करोड ३२ लाख बराबरको १५० मन, जयकुवीर राईसँग रु एक करोड ९३ लाख छ हजार बराबरको २२० मन अलैँची घरमै थन्किएको छ ।
त्यस्तै गुदेलकै व्यापारी जङ्गेबहादुर राईसँग रु एक करोड ७६ लाख बराबरको २०० मन, जगत राईसँग रु २२ लाख बराबरको २५ मन र गुदेल–३ लुच्चामका खड्गबहादुर राईसँग रु १७ लाख ६० हजार बराबरको २० मन अलैँची बिक्री हुन सकेको छैन । उक्त गाविसभरि रु सात करोड ७७ लाख बराबरको अलैंची उचित मूल्य नपाउँदा बिक्री हुन नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण