तालिवानका नेताले अमेरिकालाई भने– अफगानिस्तानमा आफ्नो पेसा रोक्नु
काबुल-अफगानिस्तानमा सशस्त्र विद्रोही गरिरहेका तालिवानहरुका नेताले अमेरिकालाई आफ्नो ‘पेसा’ रोक्न आग्रह गरेका छन् ।
तालिवानका नयाँ नेता हैबतुल्लाह अखुन्जादाले आफू सो संगठनको नेता चयन भएपछि पहिलो पटक अमेरिकालाई सो सम्बोधन गरेका हुन् ।
उनले इदउल फितरको पूर्व सन्ध्यामा दिएको सन्देशमा भनेका छन्– अमेरिकाले अफगानिस्तानमा देखाएको पाखुराको बल तथा सैन्य बलको प्रयोगको कुनै प्रयोग छैन, त्यसलाई तुरुन्त रोकेहुन्छ ।
अमेरिका र उसको गठबन्धनका पश्चिमा देशहरुका लागि भन्दै उनले दिएको भिडियो सन्देशमा अफगान जनता यस्ता कुनै पनि विदेशी सैन्य शक्तिसँग नडराउने र उनीहरुका विरुद्धमा अन्तिम समयसम्म पनि लड्ने बताएका छन् ।
उनले हाल अफगानिस्तानको शान्ति प्रक्रियाका लागि अमेरिकी र विदेशी सेनाले दिएको सुरक्षाको कामलाई उनीहरुको पेशा भनी नामाकरण गरेका छन् ।
उनले अफगानिस्तानका नागरिक विदेशीसँग नडराउने तर सहिद बन्नुपरे पनि तयार रहेका छन् भन्दै बन्दुकले नागरिक मारेर अमेरिकीहरु सफल नहुने पनि दाबी गरेका छन् ।
उनले भनेका छन्– तिमीहरुले कुनै समूह वा संगठनसँगमात्र होइन कि सिगो अफगानिस्तानसँग नै लडाईं गरिरहेका छौ तर पनि जित्नेवाला भने छैनौँ ।
अफगानिस्तानको राजधानी काबुलमा कम्तीमा पनि ३२ जना प्रहरीको हत्या गरेको दुई दिनपछि उनको यो भनाई आएको छ ।
उनले यसअघि अफगानिस्तानको सरकारले गरेको शान्तिवार्ताको आग्रहका बारेमा भने केही बताएका छैनन् । साथै उनले शान्तिवार्ताका बारेमा आफ्नो भनाई पनि राखेका छ्रैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण