नेपालको विकसित राजनीतिक घटनाक्रमप्रति दिल्ली र बेइजिङको चासो
काठमाडौं– नेपालको विकसित राजनीति घटनाक्रमप्रति छिमेकी भारत र चीनले चासोपूर्वक हेरेका छन् । पछिल्लो राजनीतिक घटनाले नेपालमा समस्याको समाधान गर्न सक्छ कि सक्दैन ? भन्ने उनीहरुको मुख्य चासो रहेको छ ।
दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले ‘नेपालको घटनाक्रमलाई छिमेकी भारतले चासोपूर्वक हेरेको सूचना आफुहरुको पाएको’ बताए । रातोपाटीसँगको टेलिफोन संवादमा उनले नयाँ गठबन्धनले नेपालमा रहेका समस्या समाधानमा भूमिका खेल्न सक्ने–नसक्ने विषयमा छिमेकी भारतको चासो रहेको बताए ।
त्यस्तै वेइजिङस्थित नेपाली दूतावास स्रोतले ‘नेपालको राजनीतिक घटनाक्रमलाई चीनले पनि चासोका साथ हेरेको’ बतायो ।
केपी ओली नेतृत्वको सरकार भारतसँग अनुदार र चीनसँग उदार रहेको रुपमा हेरिएको थियो । यद्यपी विपक्षी काँग्रेस लगायतले ओली नेतृत्वको सरकारले छिमेकीसँगको सम्बन्ध विगारेको तथा कुटनीतिक अपरिपक्कता देखाएको बताएका थिए ।
ओलीले भारत र चीन दुवै देशको भ्रमण गरिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण