एसियाली करातेका पदक विजेता सम्मानित
काठमाडौँ- पाँचौँ एसियाली गोजुरियो कराते च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडीलाई बानियाँटारस्थित प्यारामाउन्ट एकेडेमीले आज सम्मान गरेको छ ।
प्यारामाउन्ट एकेडेमीमा आज आयोजित कार्यक्रममा उनीहरुलाई सहरीविकास मन्त्री अर्जुननरसिंह केसी र सांसद एवम् प्यारामाउन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश्वरनरसिंह केसीले सम्मान गर्नुभयो ।
यही साउन २७ देखि ३० गतेसम्म मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगितामा नेपालले ५ स्वर्ण र ९ कास्यपदक जितेको थियो । तीमध्ये भेट्रान्स एकल कातातर्फ विशनसिंह खड्का, ६१ केजीमाथि सोनु थापा तथा टिम कुमुतेमा सागर न्यौपाने, सागर भेटवाल र राजन भोलुन तामाङले नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।
त्यस्तै, भेट्रान्स एकल कातामा पेम्बा तामाङ, टिम कुमुतेमा सुमन तिमल्सिना, प्रकाश गुरुङ र सुरज तामाङ, १०–११ वर्षको कुमुतेमा नेत्रकुमार थापा र मोहित परियार तथा ८४ केजीमाथि र एकल कातामा अनिश ठाकुरले कास्य जितेका थिए । स्वर्ण विजेता सोनुले टिम कुमुतेमा पनि थप एक कास्य हात पारे ।
सोही कार्यक्रममा एसियाली गोजुरियो कराते महासङ्घको महासचिवमा निर्वाचित बिआर मित्र र कोषाध्यक्षमा निर्वाचित सीताराम कँडेल पनि सम्मानित भए । त्यसैगरी एसियाली गोजुरियो कराते महासङ्घ (एजिकेएफ)को रेफ्रीमा उत्तीर्ण सिपी घर्तीमगर तथा निर्णायक (जज)मा उत्तीर्ण हुन सफल सानुबाबु गिरी र सुमन तिमिल्सिनासमेतलाई सम्मान गरिएको थियो । अफिसियल प्रमोद पाण्डे र सङ्गम रिजाल पनि सम्मानित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
-
धुर्मुसको अपिलः सकिन्छ भने न्याय दिनुस्, सकिन्न भने जेल हालिदिनुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण