दुई भारतीय नागरिकसहित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश
आइतबार, १२ भदौ २०७३, ०० : १९
रत्ननगर – करेन्ट लागेर गैँडा मरेको घटनाविरुद्धको मुद्दामा जिल्ला अदालत चितवनले दुई भारतीय नागरिकसहित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले आज उक्त आदेश दिएको हो । अदालतले उक्त मुद्दामा अर्का एक जनालाई रु ५० हजार धरौटीमा रिहा गरेको छ भने अन्य चार जनालाई तारेखमा छाडिएको अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालले जानकारी दिए ।
नौ जनाविरुद्ध जिल्ला अदालतमा यही भदौ ७ गते चितवन राष्ट्रिय निकुञ्जद्वारा दायर गरिएको मुद्दामा शुक्रबारदेखि थुनछेक बहस सुरु भएको थियो । थुनामा जानेमा भारत केरलाका दीपु शशी, उत्तराखण्डका रितेक भट्ट तथा चितवनका सुनिल महतो र जीवन महतो छन् ।
यस्तै सो मुद्दामा सुवास गदाललाई रु ५० हजार धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी बरालले जानकारी दिनुभयो । साधारण तारेखमा छुट्नेमा विकास दराई, विरजा महतो, बुधराम चौधरी र ग्रीजलाल कछडिया छन् ।
प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापा, सुशीलकुमार पन्त, अधिवक्ता विजयकान्त मैनाली, मेघराज पोखरेल र शार्दुल थापाले बहस गर्नुभएको थियो । यस्तै अधिवक्ता कमलराज पाठक, चूडामणि सापकोटा, प्रकाश थपलिया र नन्दलाल महतोले प्रतिवादीका तर्फबाट बहस गरेका थिए ।
चौधरी ग्रुपले सञ्चालन गरेको ‘होटल मेघौली सेराइ’ अगाडि यही साउन २४ गते करेन्ट लागेर एउटा वयस्क पोथी गैँडा मरेको थियो ।
उक्त होटलका कार्मचारीको लापरबाहीका कारण करेन्ट लागेर गैँडा मरेको आरोपमा निकुञ्जले नौ कर्मचारीलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
-
धुर्मुसको अपिलः सकिन्छ भने न्याय दिनुस्, सकिन्न भने जेल हालिदिनुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण