निर्वाचन नहुँदा अस्थिरता निम्तिन्छ, चुनावको विकल्प छैनः कमल थापा
सोमबार, १३ भदौ २०७३, २२ : ११
जनकपुरधाम– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको मिति छिट्टै तोक्नुपर्ने बताएका छन् । “निर्वाचन नहुँदा अस्थिरता निम्तिन्छ, चुनावको विकल्प छैन”–उनले भने ।
राप्रपा नेपाल धनुषाद्वारा धनुषाधाममा आज आयोजित सभामा उनले मधेसका प्रमुख समस्या शिक्षा, स्वास्थ्य र गरिबी समाधान गर्न यसअघिको सरकारले ल्याएको ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
अध्यक्ष थापाले धर्म परिवर्तनको डरलाग्दो विषय तराई–मधेसमा फैलिएकामा चिन्ता व्यक्त गरे । उनले धर्म, संस्कृति र पहिचानको रक्षा गर्दै मुलुकको समृद्धि चाहनेले आफ्नो दललाई साथ दिन आग्रह गरे ।
सो अवसरमा सांसद सुशील श्रेष्ठ, प्रेक्षा मल्ल, मीनबहादुर थिङ, चन्द्रेश्वर यादव, राजाराम बर्तोलालगायतले बोलेका थिए
यसबीच, राप्रपा नेपालले मङ्गलबार १ नं प्रदेशको प्रशिक्षण कार्यक्रम धरानमा राखेको बताइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
-
धुर्मुसको अपिलः सकिन्छ भने न्याय दिनुस्, सकिन्न भने जेल हालिदिनुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण