मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

ट्वाइलेट बोकेर हिँड्नेदेखि बान्ता सोहोर्नेसम्मः संसारका निकै अचम्मका जागिर

शुक्रबार, १४ असोज २०७३, १४ : २१
शुक्रबार, १४ असोज २०७३

सायद तपाईंमध्ये धेरैले आफ्नो काम मनपराउनुहुन्न होला तर यहाँ दिइएका यी काम बारे पढिसकेपछि धेरैले आफ्नो काम मनपराउन थाल्नुहुनेछ । पैसाका लागि संसारभरीका मानिसहरुले निकै अचम्मको काम गर्ने गरेका छन् । कसैले ट्वाइलेटको सिट कम्मरमा बाँधेर हिँड्छन् भने कोही फन पार्कमा बान्ता सोहोर्छन् । आज हामी तपाईंलाई यस्तै अचम्मका काम बारे जानकारी दिँदै छौं । १. ट्वाइलेट ट्रान्सपोर्टरः आफ्नो पिठ्युँमा ट्वाइलेटको सिट बाँधेर घुम्नेलाई ट्वाइलेट ट्रान्सपोर्टर भनिन्छ । उनीहरुले बाटोमा हिँडिरहेका मानिसहरुलाई शौचालयको समस्याबाट मुक्त गराउँछन् । यो अचम्मको काममा महिलाहरु पनि संलग्न छन् । यो काम अचम्मको भएपछि, समस्या परेको बेला यसले कति साथ दिन्छ भन्ने कुरा मानिसहरुले थाहा पाउँछन् । २. स्टन गन टेस्टरः यदि तपाईंमा दुखाई सहन गर्ने क्षमता धेरै छ भने यो काम तपाईंको लागि ठिक हुन्छ । यसमा स्टन गनको झट्का सहनुपर्दछ। निकै पीडाले भरिएको यो कामका लागि मानिसहरुलाई राम्रो तलबको व्यवस्था गरिएको हुन्छ । ३. एम्युजमेन्ट पार्कमा बान्ता सोहोर्ने कामः यस्तो काम गर्ने बारे सायद कसैले पनि सोच्दैन होला । राइड्समा बान्ता हुने कुनै नौलो कुरा होइन । तर त्यसकालाई सफा गर्नको लागि जसलाई नियुक्त गरिएको हुन्छ, के तपाईंले ती व्यक्तिबारे सोच्नुभएको छ ? ४. सूमो पहलवानको कपडा मिलाउने कामः सायद नै यो काम कसैले गर्न चाहन्छ । तर तपाईंलाई सुनेर अचम्म लाग्ला कि यस्तो कामको लागि भ्याकेन्सी निकालिन्छ र यसका लागि मानिसहरुले अप्लाई पनि गर्छन् । ५. गोहीलाई खाना ख्वाउनेः ज्यानलाई बाजी राखेर गोहीलाई खाना ख्वाउनु सानो कुरा होइन । यो निकै डरलाग्दो पनि हो । चिडियाखानामा यो कामको लागि मानिसहरुलाई जागिर दिइन्छ । ६. हात्तीको दिसा बटुल्नुः यो काम पनि सायद कसैले गर्न चाहँदैन । तर सबै तपाईं हामी जस्तै हुँदैनन् । यस्तो काम गर्ने मानिसहरु पनि छन् र उनीहरुलाई यसको लागि तलब पनि दिइन्छ । ७. चिहान खन्ने कामः अरुका लागि चिहान खन्ने कामको लागि पनि मानिसहरु तयार छन् । उनीहरु पैसा लिएर अरुको चिहान खन्ने काम गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप