इन्टरनेटका नयाँ सनसनी बने पाकिस्तानका यी चिया बेच्ने व्यक्ति, सुन्दरीहरु उनीमाथि फिदा
बुधबार, ०३ कात्तिक २०७३, १० : १२
पाकिस्तानमा एक चिया बेच्ने व्यक्ति इन्टरनेटको नयाँ सनसनी बनेका छन् । यी व्यक्तिको तस्बिर सोसल मिडियामा तीब्र रुपमा भाइरल हुनुका साथै महिलाहरुमा उनीमाथि आफ्नो प्रेम दर्साउनका लागि होडबाजी गरिरहेका छन् ।
यी व्यक्तिलाई पाकिस्तानीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तुलना गरेर सोसल मिडियामा ठट्यौलीसमेत गरेका छन् ।
यी व्यक्तिको तस्बिर सोसल मिडियामा आएलगत्तै महिलाहरु उनीमाथि फिदा भएका छन् ।
यी व्यक्तिको व्यक्तित्वको बारेमा मानिसहरु प्रतिक्रिया जनाइरहेका छन् र बलिउड स्टारसँग तुलना गरिरहेका छन् ।
वास्तवमा @jiah_ali इस्लामावादका यी चिया बेच्ने व्यक्तिको तस्बिर पोष्ट गरे जुन सोसल मिडियामा भाइरल बन्यो ।
निलो आँखा भएको यी व्यक्तिको तस्बिरमा मानिसहरुले निकै चाख लिइरहेका छन् । महिलामात्र नभई पुरुषले पनि यी व्यक्तिको बारेमा आ–आफ्नो धारणा व्यक्ति गरिरहेका छन् ।
कसैले आफूलाई यी चिया बेच्ने व्यक्तिजस्तै श्रीमान् चाहिएको बताएका छन् भने कसैले उनलाई बलिउडका निकै चर्चित कलाकारभन्दा सेक्सी भएको टिका–टिप्पणी गरेका छन् ।
उनको विषयमा सोसल मिडियामा कस्तो प्रतिक्रिया आइरहेको छ, हेरौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण