मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किन यी महिलालाई युट्युबमा प्रतिबन्ध गर्न चाहन्छन् मानिसहरु, थाहा पाउनुस् पूरा कहानी

शनिबार, १३ कात्तिक २०७३, १४ : ०६
शनिबार, १३ कात्तिक २०७३

सोसल साइट्समा चर्चित हुन कसलाई रहर नहोला । तर यदि एकसाथ हज्जारौं मानिसहरु कसैलाई प्रतिबन्ध गर्न माग गरे के होला ? आज हामी तपाईंलाई यस्तै एक महिला बारे बताउँदैछौं जसलाई युट्युबमा प्रतिबन्ध गर्नका लागि हज्जारौं मानिसले पिटिशनमा हस्ताक्षर गरेका छन् ।

ग्रीनविचमा बस्ने २२ वर्षीया यूगेनिया कानी भिडियो ब्लगर हुन् । युट्युबमा उनका ९ लाख फलोअर्स छन् । यूगेनिया निकै दुब्ली छिन् । यसै कारण इन्टरनेटमा मानिसहरु उनलाई प्रतिबन्ध गर्न माग गरिरहेका छन् । यूगेनियाको फोटोले वयस्क अवलोकनकर्ताहरुमाथि नराम्रो असर पारिरहेको छ । उनको दुब्लो पातलो फिगर देखेर उनका फलोअर्स पनि खाना खान छोडेर उनीजस्तै देखिन चाहन्छन् । जुन उनीहरुको स्वास्थ्यका लागि निकै घातक छ । यदि यो पिटिशनमा २५ हजार मानिसले साइन गरे, यूगेनिया यूट्युबमा प्रतिबन्धित हुनेछिन् ।

के छ मानिसको प्रतिक्रियाः पिटिशन साइन गर्ने एक प्रयोगकर्ताका अनुसार यूगेनियाजस्तै देखिने चक्करमा उनका १२ वर्षकी बहिनीले खाना खान छोडेकी थिइन् । अब उनी मेडिकल केयरमा छिन् । त्यसकारण उनी यूगेनियालाई प्रतिबन्ध गर्न चाहन्छन् ।

यूगेनियालाई थुप्रै रोग लागेका कारण उनी यति धेरै दुब्ली भएको पीटिशनमा बताइएको छ । तर उनको भिडियो हेरेर थुप्रै मानिसहरुले खाना खान छोडिदिएका छन् र उनीजस्तै दुब्ली देख्न चाहन्छन् । यो पिटिशनको जवाफमा यूगेनिया लेख्छिन्, ‘म प्राकृतिक रुपमा नै यती दुब्ली छु । म मज्जाले खाना खान्छु तरपनि मेरो तौल बढ्दैन । यस्तो प्रकारको पिटिशनमा हस्ताक्षर गर्नु गलत हो । मैले कसैलाई पनि हानी पुर्याएको छैन ।’

यूगेनियाको भिडियोमा के हुन्छ ? यूगेनिया यूट्युबका साथै इन्स्टाग्राम र फेसबुकमा पनि निकै चर्चित छिन् । उनको भिडियोमा धेरैजसो मेकअप, हेयर स्टाइल र पहिरनसँग जोडिएको सल्लाह दिइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप