चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
गुईझोउ । दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको भारी वर्षाको कारण प्रान्तका नौ हजार १०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानास्त्रण गरिएको अधिकारीहरूले मंगलबार बताएका छन् ।
प्रभावित क्षेत्रहरू मध्ये, कियानानको बौई–मियाओ स्वायत्त प्रान्तको डुयुन सहरले मङ्गलबार बिहान बाढी नियन्त्रणका लागि आपतकालीन अवस्था घोषणा मङ्गलबार विद्यालयहरु बन्द गर्न आदेश दिएको जनाइएको छ ।
अहिलेसम्म बाढीका कारण कुनै हताहत भएको खबर नआएको जनाइएको छ ।
वर्षाले प्रान्तका केही भागहरूमा बिजुली आपूर्तिमा पनि बाधा पुगेको छ, भने जिुली आपूर्ति पुन; स्थापनगर्न एक हजार भन्दा बढी पावर ग्रिड मर्मत कर्मीहरू परिचालन गरिएको जनाइएको छ ।
प्रान्तीय मौसम विज्ञान विधागका अनुसार सोमबार देखि मङ्गलबार सम्म प्रान्तका २० वटा भन्दा बढी स्थानमा काउन्टी–स्तरका क्षेत्रहरूमा भारी वर्षा भएको छ, जसमध्ये चार वटा स्थानमा यस समय अवधिमा २०० मिमी भन्दा बढी वर्षा रेकर्ड गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले स्वीकारे पार्टीभित्र विवाद रहेको विषय, विवाद सडकमा नलैजान निर्देशन
-
रास्वपा महाधिवेशन : नेतृत्व चयनका लागि कडा मापदण्ड
-
सत्ताको लोभ र शक्तिको भोकले कांग्रेसको साख गिर्यो, अब जनताको भरोसा जित्नुपर्छ : गगन थापा
-
तस्बिरमा हेर्नुहोस्, निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको रास्वपाको बन्दसत्र
-
विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे
-
नर्वेको भाइकिङ स्टाइल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण