यो हो विश्व रेकर्ड राख्ने संसारको सबैभन्दा गह्रुँगो साइकल
शनिबार, २० कात्तिक २०७३, १४ : ५०
र्जमनका एक व्यक्तिले बिग्रिएको फलाम र औद्योगिक क्षेत्रमा प्रयोग हुने टायर प्रयोग गरी साइकल बनाएका छन् जसले विश्व किर्तिमान राखेको छ ।
अहिले जे पनि कुरा सानो र हल्का बनाउने होडबाजी चलिरहेका बेला यस्तो साइकल देखिनु एक अचम्मको विषय हो ।
विभिन्न अनलाइन र भिडियोका अनुसार जर्मनका यी व्यक्तिले १ हजार ८० केजीको साइकल बनाएर गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् ।
संसारको सबैभन्दा गह्रुँगो साइकल बनाउने व्यक्ति हुन् जर्मनीका ४९ वर्षीय फ्रायांक डोज । साइकलमा उनले औद्योगिक क्षेत्रमा रसायनिक पदार्थ छर्कने प्रयोग हुने गाडीको टायर प्रयोग गरेका छन् ।
गिनिज बुकमा नाम दर्ता गराउन डोजको साइकल चल्नुपर्ने हुन्छ त्यसकारण उनले गिनिज बुकका आधिकारीक व्यक्तिसहितका हज्जारौं मानिस सामू उक्त साइकल चलाए । हेरौं यो भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण