मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुलाहले डेढ अरवको गहना लगाउने यो विवाहमा हुनेछ आठ अरव खर्च

बुधबार, ०१ मङ्सिर २०७३, ०९ : ०९
बुधबार, ०१ मङ्सिर २०७३

दिल्ली– भारतमा धेरैजसो मानिस ५०० र १००० का नोटमा लगाइएको प्रतिन्धनबाट चिन्तित छन् । ठीक यही बेला एउटा विवाहमा पाँच अर्व रुपैयाँ खर्च हुने समाचारले सिंगो भारतमा हल्लीखल्ली भएको छ ।विवाह आज हुँदैछ । प्रतिष्ठित कारोवारी तथा पूर्वमन्त्री जी जनार्दन रेड्डीको छोरी ब्रहमाणीको पाँच दिनसम्म चल्ने विवाहमा ५ अरव रुपैयाँ भारतीय रुपैयाँ अर्थात आठ अरव नेपाली रुपैयाँ खर्च हुने अनुमान छ । सुनाको जलप लगाइएको निमन्त्रण कार्ड र बलीउडकर्मीको परफामेन्सका कारण यो विवाह विवादमा पनि छ । यसको उस्तै आलोचना पनि भएको छ ।  भारतमा विवाहमा धेरै खर्च नगदमै हुन्छ, किनभने त्यहाँको अर्थव्यवस्था नगदमै आधारित छ । विपक्षीहरुले भनेका छन, कि प्रधानमन्त्री नरेन्द्र मोदीको कालोधनवाला अभियानमा ठूला व्यापारी सहभागी छैनन ।

भारतीय जनता पार्टीका नेता रेड्डी भ्रष्टाचार मुद्दामा तीन बर्ष जेल बसिसकेका छन् ।

विवाह वैंग्लोरमा हुनेछ । एक महिनादेखि विवाहको तयारी चलिरहेको छ ।

विवाहमा कुल आठ अर्व खर्च हुनेछ । निमन्त्रण कार्डमा एक करोड भारतीय रुपैयाँ खर्च हुने छ । दुलहीको साडी २५ करोडको हुनेछ ।

दुलाहले एक अर्व ५० करोडको गहना लगाउनेछन् ।

३००० बाउन्स र ३०० प्रहरी परिचालन हुनेछन् ।

विवाहमा ५० हजार पाहुना आउनेछन् । रेड्डी परिवारल विवाहपछि सव खर्चको विल देखाउने दावी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप