५ सय ५० वर्ष पुरानो यो मम्मीको अहिलेसम्म बढ्छ कपाल र नङ !
हिमांचलको लाहोरस्थित स्पीती भ्यालीमा रहेको ५ सय ५० वर्ष पुरानो मम्मीको कपाल र नङ अहिलेसम्म बढिरहेको छ । यति मात्र होइन, यो मम्मीलाई भगवान् मानेर मानिसहरु पूजासमेत गर्दछन् । ताबो मोनाष्ट्रिभन्दा ४० किलोमिटर टाढा रहेको गियु गाउँमा यो अचम्मको मम्मी छ ।
यो गाउँमा वर्षमा ६ – ८ महिना हिउँले ढाक्ने भएकाले त्यस अवधिमा संसारसँग सम्पर्क रहँदैन । यहाँ पाइएको यो मम्मी तिब्बतबाट गियु गाउँमा आएर तपस्या गर्ने लामा सांगला तेन्जिङको भएको मानिन्छ । ती लामाले साधनामा लीन हुँदाहुँदै आफ्नो प्राण त्यागेको मान्यता छ । तेन्जिङ बसेको अवस्थामा थिए । उनले प्राण त्याग्ने बेला उनको उमेर ४५ वर्ष भएको अनुमान गरिन्छ । यो संसारको एकमात्र यस्तो मम्मी हो जुन बसको अवस्थामा छ ।
मम्मीको वैज्ञानिक जाँचपछि यसको उमेर करिब ५ सय ५० वर्ष पाइएको छ । मम्मी बनाउनका लागि एउटा विशेष प्रकारको लेप मृत शरिरमा लगाइन्छ तर यसमा कुनै प्रकारको लेपन गरिएको छैन । तर पनि सयौं वर्षसम्म यो मम्मी कसरी सुरक्षित छ भन्ने प्रश्न अनुत्तरित छ । स्थानीय मानिसका अनुसार, अचम्मको कुरा के छ भने यो मम्मीको कपाल र नङ अहिलेसम्म पनि बढिरहेको छ । त्यसकारण मानिसहरु यो मम्मीलाई जिउँदो भगवान मान्छन् र यसको पूजा गर्छन् । सन् १९७४ मा आएको भूकम्पमा यो मम्मी जमिनमा गाडिएको थियो ।
सन् १९९५ मा आइटीबीपीका जवानले सडक बनाउने क्रममा खन्दा यो मम्मी पुनः भेटिएको थियो । जमिन खन्ने क्रममा मम्मीको टाउकोमा कोदालोको चोट लाग्दा त्यसबाट रगत आएको थियो जुन सामान्य रुपमा सम्भव छैन । सन् २००९ सम्म यो मम्मीलाई आइटीबीपीको क्याम्पसमा राखियो । हेर्नका लागि मानिसहरुको अत्यधिक भीड भएपछि यो मम्मीलाई गाउँमा स्थापित गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण