बाँदरका कारण सुरु भयो झगडा, २० को मृत्यु, ५० घाइते
एक बाँदरको हमलाका कारण दुई जनजातीबिच हिंस्रक लडाइँ सुरु भएपछि कम्तीमा पनि २० जनाको मृत्यु भएको छ ।
लिबियाको स्थानीय मिडियाले दिएको जानकारी अनुसार दक्षिणी लिबियाको सबा शहरमा एक घरपालुवा बाँदरले स्कूले छात्रालाई हमला गरेपछि उक्त झगडा सुरु भएको हो । रिसाएका छात्राको परिवारले जवाफी हमला गरेपछि २० जनाको मृत्यु भएको छ ।
सुरुवाती झगडामा बाँदरसहित तीन मानिसको मृत्यु भएको छ ।
खबरका अनुसार दुबै जनजातीबिच ट्यांकी, रकेट, मोर्टार र भारी हतियारको प्रयोग गरी झगडा भएको छ जसमा ५० जना घाइते भएका छन् ।
यो बाँदर गद्दाफा जनजातीको थिए । यहाँका जनजाती लिबियाका पूर्व शासक मुअम्मर गद्दाफीको समूदायसँग सम्बन्धित छन् ।
यो घटनामा मृत्यु हुने व्यक्तिको संख्या बढ्ने आशंका गरिएको छ किनभने सुलेमान समुदायका मृत्यु हुने व्यक्तिको मात्र खबर अहिलेसम्म सार्वजनिक भएको छ ।
केही रिपोर्टका अुनसार बाँदरले ती छात्राको हिजाब तानेको र टोकेको थियो ।
दुबै जनजातीबिच थुप्रै वर्षदेखि मनमुटाव चलिरहेको थियो ।
लिबियाको दक्षिणको उपेक्षित इलाकामा रहेको सबा प्रवासीहरुलाई हतियारको तस्करको रुपमा चिनिन्छ ।
सन् २०११ मा मुअम्मर गद्दाफी हटाएपछि लिबियामा सत्तासंघर्ष जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण