संसारका १० अचम्मका पुल, सायदै थाहा होला तपाईंलाई
अहिलेसम्म तपाईंले बाटो माथि, समुन्द्र माथि र नदि माथि थुप्रै पुल बनेको देख्नुभएको होला तर आज हामी यहाँ तपाईंले देख्नुभएको पुलको बारेमा कुराकानी गर्दै छौनौं । आज यहाँ संसारका यस्ता १० पुल बारे बताउँदै छौं जुन निकै अचम्मका छन् ।
चीनः चीनको चांग्शा शहरमा ड्र्यागन किंग हार्बर नदिको माथि बनेको छ । ‘लक्की नोट ब्रिज’ नाम दिइएको यो पुल ६ सय ६ फिट लामो र ७८ फिट अग्लो छ । नेक्स्ट आर्किटेक्ट्सले डिजाइन गरेको यो पुल केवल पैदल यात्रीले मात्र उपयोग गर्न सक्छन् । ब्यानपो ब्रिज रेन्बो फाउन्टेन, दक्षिण कोरियाः दक्षिण कोरियाको सियोलमा हेन नदीमाथि बनेको यो पुल संसारमा सबैभन्दा बढि चर्चित छ । यो पुल विभिन्न प्रयोजनका लागि उपयोग गरिन्छ । १ हजार ४ सय ९५ मिटर लामो यो पुल रातको समयमा निकै उत्कृष्ट देखिन्छ । सर्कुलर लगुना गार्जोना ब्रिज, उरुग्वेः यो पुल रोचा र मालोडोनाडो शहरलाई जोड्छ । यो पुलमा एकपटकमा करिब १ हजार गाडी एकैपटक गुड्न सक्छ । यो पुललाई आर्किटेक्ट रफेल विनोलीले डिजाइन गरेको हो । ड्र्यागन ब्रिज, भियतनामः यो पुललाई ड्र्यागन ब्रिजको नामले चिनिन्छ । निकै ठूलो आकारको ड्र्यागन बनाएको यो पुल २ हजार १ सय ८५ फिट लामो छ । भियतनामको ‘डा. नांग’ शहरमा रहेको यो पुल रातको समयमा निकै राम्रो देखिन्छ । एशिमा ओहाशी, जापानः एशिमा ओशाही ब्रिज हेर्दा निकै डरलाग्दो लाग्छ । यो पुलको लम्बाई १७ सय मिटर छ जबकी यसको चौडाई ११ मिटर हो । हेन्डरसन वेभ्स ब्रिज, सिंहापुरः सिंगापुरको बुकिट मेराहमा बनेको यो ब्रिजको बनावट निकै भिन्न छ । यो पुलमा गाडीका साथै पैदल यात्रु पनि यात्रा गर्न सक्छन् । यो पुलको पारी पट्टी वेस्ट कोस्ट पार्क बनेको छ । पुलको लम्बाई ९ हजार मिटर छ । इनफाइनाट ब्रिज, डेनमार्कः डेनमार्कको अरहुस शहरमा बनेको यो पुलको बनावट देखेर तपाईं अचम्म हुनुहुनेछ । किनारामा बनेको यो पुल गोलाकार छ र यसमा तपाईं आरामसँग घुम्न सक्नुहुन्छ । सन् २०१५ मा ६ जुनमा यो पुलमा १२ जोडीले एकैपटक विवाह गरेका थिए । आइल्याण्ड इन द मुर, अष्ट्रियाः झट्ट हेर्दा यो पुल हो कि आइल्याण्ड हो भनेर सायद तपाईं धोका खानसक्नुहुन्छ । ग्राज शहरमा बनेको यो पुलको डिजाइन अमेरिकन आर्किटेक्ट विटो अकोनीले गरेको छ । मूरी नदीमाथि बनेको यो पुललाई स्टिल र सिसाको ग्लासले बनाएको छ । पाइथन ब्रिज, नेदरल्याण्डः यो पुलको बनावट अजिंगर जस्तै छ । यो पुललाई बनाउनका लागि स्टिलको प्रयोग गरिएको छ । सन् २००२ मा यो पुललाई विश्वको सबैभन्दा ‘बेस्ट फुट ओवर ब्रिज’ को अवार्ड पाएको छ । ट्वीन सेल्स ब्रिज, डोरसेट, बेलायतः सन् २०१२ मा बनेको यो पुल ७५ फिट लामो छ । यो पुल विल्किंसन आयरले डिजाइन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण