ठन्डी जित्ने यी जीन्दगी ! (फोटोफिचर)
काठमाडौं– माघको ठन्डी भएपनि ललितपुरको चुन्नीखेलस्थित भैरव इट्टा भट्टामा काम मजदूर भने असिनपसिन देखिन्छन् । चिसोलाई चुनौति दिँदै हातैले निरन्तर मोटो मुछ्नु, इट्टा बनाउनु, पोल्नु र व्यवस्थापन गर्नु उनीहरुको दैनिकी हो ।
रातोपाटीकर्मी उक्त इट्टाभट्टा पुग्दा मजदूर दिलबहादुर सिमचुरी माटो मुछेर इट्टा बनाउदै थिए । सिमचुरी र उनकी जहान प्रतिक्षाको दिन यसैगरी इट्टाभट्टामा काम गरेर बिन्छ ।
दुःख गरेर यी दम्पतीले ईट्टा भट्टामाकाम गरेपनि आफ्नादुई छोराहरुलाई भने बोडि¨मा पढाएका छन् । उनीहरु दैनिक २ हजार वटा सम्म इट्टा बनाउँछन् ।
प्रतिक्षाका अनुसार इट्टा निर्माणका लागि सञ्चालकले पेश्की दिन्छन् । अनि जति काम उति दाम ।
सिमचुरी दम्पतीले पनि पहिलेनै दुई लाख पेश्की लिएका छन । सम्झौताअनुसार उनीहरुले जम्माजम्मी तीनलाख वटा सम्म इट्टा बनाउनु पर्ने छ । बिहान दुई बजेदेखि इट्टा बनाउने कामगर्ने सिमचुरी दम्पतीले एउटा ईटा वापत साहु बाट एक रुपयाँ पाउँछन् ।
दिलबहादुर र प्रतिक्षा जस्तै थुप्रै मजदुरहरु काम गर्छन् भैरव ईट्टा भट्टामा । जहाँ कोही जमिन बाटमाटो निकालिरहेका, कोही त्यही माटो ईट्टा बनाउनेहरुको आँगनआँगनमा पु¥याउइरहेका, कोहि काँचो ईटा भट्टासम्म पुर्याइरहेका त कोहि भट्टामा पाकेका ईटाहरु बोकेर गाडी सम्मलोड गरिरहेका देखिन्छन् । मध्य जाडो उनीहरुले यसरी नै काटिरहेका छन् ।
साधारणतयाः इट्टा बनाउने काम कार्तिक महिनादेखि बैशाखमहिना सम्म हुन्छ । अरु महिना वर्षाले गर्दा काम सहज नहुने मजदूरहरु बताउँछन् ।
चिसोको समयमा काम गर्न उति सहज पनि छैन । कठ्यांङ्गी्रदो चिसोले टन्सिल, ज्वरो निमोनिया जस्ता स्वास्थ्य समस्या पनि देखिने गरेको मजदूरहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक, महिलाको सहभागिता उल्लेख्य
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु