आइटम गर्ल बनिन् छुल्ठिम, रेखा भिलेन
काठमाडौँ – फिल्म ‘डायरी’ यति बेला चर्चामा छ । यस फिल्मले आइटम गीत सार्वजनिक गरेको छ ।
नोभेम्बर रेन मार्फत डल्लीको उपनाम पाएर चर्चामा आएता पनि छुल्ठिम गीतमा भने पहिलो पटक नृत्य गरेकी छिन् । यस पैसा न कौडी बोलको गीतमा निखिल विश्वासको शब्द र संगीत रहेको छ भने रेश्मा पुनले स्वर दिएकी छिन । गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । फिल्ममा कथा छेतेन गुरुङको रहेको छ । फिल्मलाई शिव राम श्रेष्ठले छायांकन गरेका हुन् भने प्रविन श्रेष्ठले सम्पदान गरेका छन् ।
छुल्ठिम भन्छिन्, ‘पहिलो फिल्म नोभेम्बर रेन मार्फत डल्लीको उपनामले चर्चामा आएता पनि गीतमा नृत्य भने गर्न पाइँन । तर यसपटक गीतमा नाचेकी छु , रमाइलो पनि भयो । फिल्मको गीत ४ दिन लगाएर रातमा खिचिएको हो । म पहिलो पटक आइटम गर्ल बनेकी छु ।’
छुल्ठिम गुरुङ , सन्नी सिंह र रेखा थापाको अभिनय रहेको यो फिल्मलाई छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको हो ।
यस फिल्मलाई आवरण फिल्म मार्फत निर्माताको रुपमा फिल्ममा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका छन् । फिल्ममा छुल्ठिम र सन्नीको प्रेम कथा देखाइएको छ । चलचित्र चैत्र ११ मा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
-
नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, धनकुटा र विराटनगरमा झरी
-
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण