छ बुँदे माग राख्दै चिनी मिलमा आन्दोलन
गौशाला - उँखु उत्पादन सङ्घ महोत्तरीले विभिन्न छ बुँदे माग राख्दै जिल्लाको एभरेष्ट सुगर मिल रामनगरमा शनिबारदेखि आन्दोलन सुरु गरेका छन् ।
करिब एक सयको सङ्ख्यामा किसानले चिनी मिलले उचित मूल्य कायम गर्नुपर्ने माग अघि सार्दै मिलको मुख्य गेटमा धर्नामा बसेका छन् ।
किसानले उँखुको मूल्य प्रतिक्विन्टल रु ६०१ कायम हुनुपर्ने, मिलले उँखु खरिद गरेको मितिले १५ दिनभित्र भुक्तानी दिनुपर्ने, तोकिएको अवधिमा भुक्तानी नदिए कम्तीमा ५० प्रतिशत रकम दिनुपर्ने, उँखुको तौल चिनी तौलिने काँटाबाट गरिनुपर्ने नभए छुट्टै धर्मकाँटाको व्यवस्था गरिनुपर्नेलगायतका माग अघि सारेका छन् ।
यसअघि किसानले गत मङ्सिर १८ गतेका दिन चिनी मिललाई विभिन्न सम्झौतासहितको ज्ञापनपत्र बुझाएका थिए तर चिनी मिलले सो सम्झौतापत्रको बेवास्ता गरेको भन्दै किसान मिलको मुख्य गेटमै धर्ना बसेका हुन ।
किसान मिलको मुख्य गेटमै धर्ना बसेपछि शनिबार बेलुकादेखि मिलको सम्पूर्ण कामकाज प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
-
नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, धनकुटा र विराटनगरमा झरी
-
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण