वृद्धवृद्धालाई पौस्टिक पदार्थको अभाव हुन नदिन च्याउखेती
कञ्चनपुर - वृद्धवृद्धालाई पौस्टिक पदार्थ उपलब्ध गराउन भिमदत्तनगरपालिका– ५ मा रहेको महिला तथा वृद्ध सेवा केन्द्रमा च्याउखेती सुरु गरिएको छ ।
वृद्धाआश्रममा रहेका वृद्धवृद्धा तथा हिंसापीडित महिलालाई च्याउखेतीबारे तालिम दिइ गरी जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको बीउ तथा प्राविधिक सहयोगमा वृद्धाआश्रमको खाली कोठामा च्याउखेती गरिएको हो ।
ती कोठामा गरिएको च्याउ खेतीबाट करिब पाँच क्वीन्टल च्याउ उत्पादन गर्न सकिने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए ।
च्याउमा हुने पौस्टिक तत्वले वृद्धवृद्धाका शरीरमा प्रोटिनको कमीलाई पूरा गर्ने र अन्य मासुजन्यपदार्थ भन्दा च्याउ सस्तो र सुलभ हुने भएकाले बढी भएका च्याउ बजारमा बिक्री गरीे अन्य आवश्यक सामग्री समेत खरिद गर्न सकिने अधिकृत जोशीले जानकारी दिए ।
विसं २०६२ देखि सञ्चालन हुँदै आएको वृद्धाआश्रममा हाल ६२ वृद्धवृद्धा तथा हिंसापीडित महिला बस्दै आएका छन् ।
च्याउखेती गर्ने किसानको सङ्ख्या कञ्चनपुरमा बढ्दै
कञ्चनपुरमा व्यावसायिक रुपमा च्याउखेती गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै जान थालेको छ । जिल्ला कृषि विकास कार्यालयले व्यावसायिक रुपमा च्याउखेती गर्ने किसानलाई तालिम र अनुदान रकम उपलब्ध गराउन थालेपछि च्याउखेती किसानको सङ्ख्या बढ्दै गएको हो । यहाँ व्यावसायिक रुपमा कन्ने च्याउखेती गर्ने किसानको सङ्ख्या ६० छ । गतवर्ष २५ किसानले मात्रै व्यावसायिक रुपले सो च्याउखेती गरेका थिए । चालु आवमा २० किसानलाई युवा स्वरोजगार कार्यक्रम अन्तर्गत रु बीस हजारका दरले अनुदानका साथै तालिम समेत दिइएको कार्यालयका बागवानी विकास अधिकृत देवीदत्त कलौनीले बताए ।
“कम जग्गा भएका, विपन्न वर्गका किसानलाई अनुदान प्रदान गरी आर्थिक अवस्थामा सुधार ल्याएका छौँं” उनले भने । कम लगानीमै बढी प्रतिफल दिने र स्वास्थ्यका लागि पनि लाभदायक भएकाले यसतर्फ किसानको आकर्षण बढेको उनले बताए । च्याउखेतीमा संलग्न सिसैयाका किसान राजेन्द्रबहादुर ऐरले डेढ लाख रुपैयाँ लगानी गरी च्याउखेती गरेका छन् । च्याउखेतीबाट सहजै आम्दानी लिन सकिने भएकाले व्यावसायिक रुप दिइएको उनले बताए ।
रु बीस हजार भन्दा बढीको उत्पादित च्याउ स्थानीय बजारमा बिक्री गरी आम्दानी गरेका छौंँ उनले भने, “अझै रु दुई लाख भन्दा बढीको च्याउ बिक्रीका लागि तयारी अवस्थामा छ ।” भिमदत्त नगरपालिका– १८ भगतपुरकी तारादेवी धामीले उत्पादित च्याउ बिक्री गरी आएको आम्दानीबाट बालबालिकाको विद्यालय पढाउने र घरखर्च सहजै चल्दै आएको बताए ।
घरमै रु ५० हजार लगानी गरी च्याउखेती गरेको धामीले दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म आम्दानी गर्दै आउनुभएको छ । लगानी कटाएर डेढमहिनामै रु एक लाख भन्दा बढी रकम बचत हुने, उनले बताए ।
पहिला च्याउ देखेर नाइनास्ती गर्ने उपभोक्ताले च्याउलाई मासुको विकल्पका रुपमा लिने र यसले मधुमेहका बिरामीलाई यसले फाइदा गर्ने भएपछि बजारमा माग बढ्दो रुपमा रहेको कृषि विकास कार्यालय वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए ।
“बजारमा च्याउको माग बढ्दो रुपमा रहेपनि अझै किसानले माग अनुरुप उत्पादन दिन नसकेकाले उत्पादन बढाउनका लागि च्याउखेती विस्तारको योजना बनाउँछौं” उनले भने । जिल्लामा आव ०७२/७३ मा च्याउको उत्पादन ४० क्वीन्टल भएकोमा आब ०७३/७४मा उत्पादन बढेर १०० क्वीन्टल भन्दा बढी पुग्ने अनुमान छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
-
नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, धनकुटा र विराटनगरमा झरी
-
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण