एमालेले संसद् अवरुद्ध गर्नुको औचित्य छैन : राई
मङ्गलबार, १२ पुस २०७३, १० : ०५
खोटाङ - सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले नेकपा एमालेले संसद् अवरुद्ध गर्नुको पछाडि कुनै औचित्य नभएको बताएका छन् ।
कार्यकर्ता भेटघाटका लागि गृह जिल्ला खोटाङ आएका वरिष्ठ नेता राईले दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा एमालेले संसद् अवरुद्ध गरेर देशलाई सङ्कटतर्फ धकेलेको आरोप लगाए ।
अहिलेको अवस्थामा जारी संविधानले मुलुक चलाउन नसक्ने भएकाले सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताउँदै पार्टी संसदीय दलका नेता राईले भने, “अहिलेको संविधान ८० प्रतिशत संशोधन गर्नुपर्ने अवस्थाको छ । सरकारले संसद्मा दर्ता गराएको संशोधन प्रस्तावप्रति एमालेले संसद् नै अवरुद्ध गर्नु निकासको बाटो हैन ।”
स्थानीय तहको निर्वाचन सम्बन्धमा पत्रकारले गरेको प्रश्नको जवाफमा नेता राईले देशमा पुरानै संरचनामा निर्वाचन गर्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण