दलित अगुवाद्वारा नै दलितमाथि विभेद : खाना छोएको भन्दै दुव्र्यवहार
जुम्ला - हाकु गाविसका एक परियार थरका दलित दलितभित्रकै विभेदले अन्यायमा परेका छन् ।
विभेदका कारण यसरी अन्यायमा पर्ने हाकु– ८ हाकु गाउँकै ४१ वर्षीय रामलाल परियार हुन् । उनी सार्की थरका दलितबाट अन्यायमा परेका हुन् । परियारको परिवारमा पाँच जना छन् ।
दलितभित्र हुने बिहेबारी, भोजभतेर र सार्वजनिक कामकाजमा सहभागी हुन आफूलाई सामाजिक रुपमा बहिष्कार गरिएको पीडित परियारले बताए । उनले हाकु गाविसमै भएको एक सार्वजनिक कार्यक्रममा सार्की थरका दलित अगुवाद्वारा आफूलाई सामाजिक काममा सहभागी हुन, खान, बस्न र अन्य कार्य गर्न वञ्चित गरिएको पीडा व्यक्त गरे ।
उनले भने, “जातीय विभेद गर्नुहुन्न, छुवाछुतको भावनाको अन्त्य गर्नुपर्छ भन्ने कार्यक्रम ल्याउने दलित अगुवाले नै आफ्ना छोराको बिहेमा भतेर छोएको भन्दै दुव्र्यवहार गर्नुभयो ।” उनीविरुद्ध आफूले दलित सेवा सङ्घ र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पनि प्रहरी चौकीमा मिलाउन जिम्मा दिइयो तर समस्या नसुल्झेर आफू पीडामा परेको उनले बताए ।
चौँतिस घरधुरी सार्कीका अघि आफ्नो एक घरधुरी भएको बताउने परियार अहिले पनि न्यायको खोजीमा भौँतारिरहेका छन् ।
अब आफ्नो मानवाधिकारको रक्षा र न्याय प्राप्तिका निम्ति राष्ट्रिय मानवअधिकार आयोग, अदालत र प्रशासन धाउने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारले ११ महिनासम्म वार्षिक बजेटको आधा पनि खर्च गर्न सकेन
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण