मनाङको गोवा लघु जलविद्युत् आयोजना पुनःनिर्माण
मङ्गलबार, १२ पुस २०७३, १६ : ११
मनाङ - भूकम्पबाट क्षतिग्रस्त यहाँको एक लघु जलविद्युत् आयोजना पुनःनिर्माण गरिएको छ ।
विनाशकारी भूकम्पका कारण क्षतविक्षत भएको ३० किलोवाट क्षमताको गोवा खोला जलविद्युत् आयोजना डेढ वर्षपछि पुनःनिर्माण गरिएको हो ।
दश वर्षअघि निर्माण गरिएको सो आयोजना भूकम्पमा परी क्षतविक्षत भएको थियो । तिल्चे गाउँका झन्डै ८० र गोवा गाउँका १० घरधुरीलाई लक्षित गरी निर्माण गरिएको सो आयोजना निर्माण गरिएको थियो ।
आयोजना पुनःनिर्माणका लागि जिविसबाट रु ३९ लाख ९९ हजार, सांसद क्षेत्र विकास कार्यक्रमबाट रु नौ लाख ५० हजार र जनश्रमदानबाट रु पाँच लाख १७ हजार गरी झन्डै रु ५४ लाखको लागतमा पुनःनिर्माण गरिएको हो ।
भूकम्प र वर्षाका कारण आयोजनाको विद्युत् गृह, पेनस्टक पाइप र जलाशयमा पारेका थियो । तीस किलोवाट क्षमताको यो आयोजनाबाट तिल्चे र गोवका ९० घरपरिवार लाभान्वित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण