न्यादी जलविद्युत् आयोजनाको ठेक्का सम्झौता
काठमाडौँ - न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक न्यादी हाइड्रोपावर लि र चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लिबीच आज ठेक्का सम्झौता भएको छ ।
लमजुङको बाहुनडाँडास्थित न्यादी खोलामा निर्माण गर्न लागिएको ३० मेगावाट क्षमताको आयोजनाको भौतिक निर्माण, हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल कार्यका लागि सम्झौता भएको हो ।
सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष राजीव राजभण्डारी तथा ठेकेदारका तर्फबाट अध्यक्ष लिऊ कोेछिङले हस्ताक्षर गर्नु भएको आयोजनाका सञ्चार विज्ञ एवम् प्रबन्धक विष्णु श्रेष्ठले जानकारी दिए ।
आयोजनाको निर्माण यही माघको अन्तिम सातादेखि सुरु हुनेछ र निर्माण अवधि तीन वर्षको हुनेछ । आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नबिल बैंक, ग्लोबल आइएमइ बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको लगानी रहेको छ ।
यस आयोजनाका लागि जग्गा खरिदको कार्य, पहुँचमार्गको निर्माण, विद्युत्खरिद बिक्री सम्झौता, सुपरीवेक्षण परामर्शदाताको नियुक्ति र वित्तीय व्यवस्थापनको कार्य सम्पन्न भइसकेको छ । यो नदीको वहावमा आधारित आयोजना हो । आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण