मेस्सीभन्दा पनि नेयमार मूल्यवान : यस्ता छन् युरोपका सबैभन्दा मूल्यवान खेलाडीहरु
लण्डन – एक नयाँ अध्ययनका अनुसार नेयमारमा खेल्ने खेलाडीहरु मध्ये सबैभन्दा मूल्यवान रहेका छन् । उनको मूल्य २१.६ करोड पाउण्ड निर्धारत गरिएको छ ।
बार्सिलोनाका स्ट्राइकरले समकक्षी लियोनेल मेस्सीलाई समेत उछिनेका छन् । मेस्सीको मूल्य १४.९ करोड पाउण्ड निर्धारण गरिएको छ ।
शीर्ष १० मा रहेका इंग्ल्सि खेलाडीमा टोटनहमका ह्यारी केन (१२.२ करोड पाउण्ड) र डेले अली (९.६ करोड पाउण्ड) रहेका छन् ।
८.९ करोड पाउण्डमा युनाइटेड भित्रिका पाउल पोग्बाको मूल्य १३.६४ करोड पाउण्ड निर्धारण गरिएको छ ।
यो अध्ययन सिआइइएस फुटबल अबर्जभेटरीको एक टोलीले ट्रान्सफर भ्यालु एल्गोरिदम प्रयोग गरेर यो मूल्य निर्धारण गरेको हो ।
विश्वको उत्कृष्ट खेलाडी क्रिस्टियानो ११.१ करोड पाउण्ड मूल्यसहित ७ औँ स्थानमा रहेका छन् भने गेराथ बेल ७.३८ करोड पाउण्डहित १४ औँ स्थानमा रहेका छन् । उनी सन् २०१३ मा ८.५३ करोड पाउण्डमा रियल भित्रिएका थिए ।
एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजमान १३.२ करोड पाउण्डसहित चौँथो स्थानमा रहेका छन् भने बार्सिलोनाका लुइस सुवारेज १२.७ करोड पाउण्डसहित पाँचौ स्थानमा रहेका छन् ।
शीर्ष सयमा प्रिमियर लिगका ४२ खेलाडी रहेका छन् ।
यस्तो छ सूची
१०. एडिन हजार्ड (चेल्सी) ८.९ करोड पाउण्ड
९. डेले अली (टोटनहम स्पर्स) ९.६ करोड पाउण्ड
८. पाउलो डायबला (युभेन्टस) ९.९९ करोड पाउण्ड
७. क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड) ११.१ करोड पाउण्ड
६. ह्यारी केन (टोटनहम स्पर्स) १२.२ करोड पाउण्ड
५. लुइस सुवारेज (बार्सिलोना) १२.७ करोड पाउण्ड
४. एन्टोनी ग्रिजमान (एथ्लेटिको म्याड्रिड) १३.२ करोड पाउण्ड
३. पाउल पोग्बा (म्यान्चेस्टर युनाइटेड) १३.६ करोड पाउण्ड
२. लियोनेल मेस्सी (बार्सिलोना) १४.९ करोड पाउण्ड
१. नेयमार (बार्सिलोना) २१.६ करोड पाउण्ड
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण