इस्तानबुलको नाइटक्लबमा ३९ जनाको हत्या गर्ने अब्दुलकादिर पक्राउ (भिडियो)
टर्की – नयाँ वर्षको पूर्वसन्ध्या टर्कीको इस्तानबुलस्थित हाइप्रोफाइल नाइटक्लबमा गोलीबारीको घटनाका मूख्य आरोपलाई प्रहरीले पक्राउ गरेको छ ।
अब्दुलकादिर मसारिपोभमाथि रेइना क्लबमा ३९ जनाको हत्याको आरोप लगाइएको छ । उक्त घटनामा इजरायल, फ्रान्स, ट्युनिसिया, लेबनान, भारत, बेल्जियम, जोर्डन र साउदी अरेबियाका नागरिक मारिएका थिए भने दर्जनौँ अन्य घाइते भएका छन् ।
उज्बेक नागरिकलाई इस्तानबुलकै इसेन्युर्ट जिल्लाबाट पक्राउ गरिएको हो ।
इस्लामिक स्टेट (आइएस) ले सिरियामा टर्कीका सेनाको संलग्नताको बदलता लिन यो घटना आफूहरुले घटाएको बताएको थियो ।
ट्याक्सी चढेर नाइटक्लब पुगेका बन्दुकधारीले नयाँ वर्ष मनाइरहेकाहरुमाथि अन्धधुन्ध गोली बर्साएका थिए ।
घटनापछि उक्त आक्रमणमा संलग्नको व्यापक खोजी गरिएको थियो ।
जारी गरिएको तस्विरमा अब्दुलकादिरलाई खैरो रंगको टिसर्ट लगाएको र अनुहारमा चोट लागेको देखाइएको छ ।
प्रहरीले उनलाई एक साथीको घरमा आफ्नो चार वर्षीय छोरासँग फेला पारेको थियो । प्रहरीले उनको साथीसँगै अन्य तीन महिलालाई पनि पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण