रहस्य नै रहने भयो हराएको मलेसिया एयरलाइन्सको विमान, खोजी कार्य बन्द गर्ने निर्णय
सिड्नी – हराइरहेको मलेसिया एयरलाइन्सको एमएच ३७० विमानको खोजी कार्य बन्द गरिएको छ । उक्त विमानका यात्रुको परिवारलाई खोजी कार्य बन्द गरिएको जानकारी गराइएको हो ।
मंगलबार विज्ञप्ति सबै परिवारहरुलाई इमेलबाट विज्ञप्ति पठाउँदै अधिकारीहरुले दक्षिणी हिन्द महासागरमा भइरहेको पानीमूनिको खोजी कार्य बन्द गर्ने जानकारी दिएका छन् ।
खोजी कार्य विगत दुई वर्षभन्दा बढीदेखि जारी थियो ।
विज्ञप्तिमा मलेसिया, चीन र अस्ट्रेलियाका यातायात मन्त्रीहरुले हस्ताक्षर गरेको गार्जियनले जनाएको छ ।
उक्त विज्ञप्तिमा विज्ञानमा उपलब्ध हरसम्भव प्रविधिदेखि विज्ञहरुको प्रयोग गरेर खोजी गर्दा पनि दुर्भाग्यवस विमान नभेटिएको उल्लेख गरिएको छ ।
‘पानी मूनिको खोजी कार्य बन्द गर्नुलाई हल्का रुपमा लिएका छैनौँ र यो भनिरहँदा हामी निकै दुखित पनि छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
मलेसिया एयरलाइनको उक्त विमान सन् २०१४ को मार्च ८ मा क्वालम्पुरदेखि बेइजिङका लागि उडेको थियो । तर, उडान भरेको केही समयमा नै रडारबाट हराएको थियो । विमान हिन्द महासागरमा खसेको अनुमान गरिएको छ । घटनामा विमानमा सवार २३९ जनाको मृत्यु भएको थियो ।
यसबीच अस्ट्रेलियादेखि दक्षिण अफ्रिकासम्म समुद्रले बगाएका विमानका टुक्राहरु फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण