समावेशी विकासमा भारतभन्दा नेपाल अघि
काठमाडौँ – नेपालले छिमेकी मुलुक भारत र पाकिस्तानलाई समावेशी विकासको सूचाङ्कमा पछि छाडेको छ ।
वल्र्ड इकोनोमिक फोरमले सोमबार जारी गरेको समावेशी बृद्धि र विकास रिपोर्ट २०१७ मा समावेशी विकास सूचांकमा नेपालले छिमेकी मुलुकहरुलाई पछि पारेको हो ।
रिपोर्टमा विश्वका धेरै देशहरुमा आर्थिक विकास र असमानता अन्त्य गर्ने मुख्य अवसरहरु गायब रहेको बताएका बताइएको छ ।
समावेशी विकास सूचाङ्कलाई १२ वटा प्रदर्शन संकेतकहरुको आधारमा तय गरिएको थियो । यसमा बृद्धि, विकास, समावेशिता, समानता र स्थिरतालाई मुख्य आधार मानिएको थियो ।
यसमा नेपाल २७ औँ स्थानमा रहेकोमा बंगलादेश ३६ औँ स्थानमा बंगलादेश तथा पाकिस्तान ५२ औँ स्थानमा रहेका छन् । भारत भने ६० औँ स्थानमा सिमित रहेको छ ।
चीन १५ औँ स्थानमा रहेको छ ।
७९ विकासशील राष्ट्रमा लिथुआनिया शीर्ष स्थानमा रहेको छ भने अजर्बाइजान र हंगेरी दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
विकसीत राष्ट्रमा नर्वे शीर्ष स्थानमा रहेको छ भने लक्जम्बर्ग दोस्रो तथा स्वीटजरल्याण्ड, आइसल्याण्ड र डेनमार्क क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण