नेपाल र भारतबीच सद्भावपूर्ण सम्बन्धलाई कसैले बिगार्न सक्दैन : राजदूत रे
नेपालगन्ज - भारतीय राजदूत रणजित रायले नेपाल र भारतबीच सदियौँदेखिको आपसी सद्भावपूर्ण सम्बन्धलाई कसैले बिगार्न नसक्ने बताएका छन् ।
नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा निर्माण हुने नयाँ आधुनिक भवनको आज शिलान्यास गर्दै उनले भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य, विद्युत्, वैकल्पिक ऊर्जा र पूर्वाधार विकासमा लगानी बढाइरहेको जानकारी दिए ।
नेपालको विकास प्रयासमा भारत सधैँ सकारात्मक रहेको पनि उनले बताए । दुई देशबीचको पारस्परिक सम्बन्धलाई सानोतिनो मतभेदले कमजोर बनाउन नसक्ने उनको भनाइ थियो ।
सो अस्पतालका अध्यक्ष रतनकुमार टण्डनका अनुसार, भारतीय राजदूतावासको रु पाँच करोड र बाँके जिल्ला विकास समितिको रु ९५ लाखसहित रु पाँच करोड ९५ लाखको लागतमा भवन निर्माण हुन लागेको हो ।
भवनमा १०० श्ययासहितको जनरल वार्ड, चार शल्यक्रिया कक्ष, बिरामी क्याबिनको निर्माण र अस्पताल क्षेत्रको सडक कालोपत्र गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण