राजदूत रेको विरोध गर्ने जनमोर्चाका नेता पक्राउ
काठमाडौँ – भारतीय राजदूत रेको विरोधमा प्रदर्शन गर्ने जनमोर्चाका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राष्ट्रिय जनमोर्चा कंचनपुर जिल्ला अध्यक्ष लोकेन्द्र लम्साल, अखिल (छैठौं) का केन्द्रीय सचिव महेश जोशी र अखिल ९छैठौं० केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष भिमराज जोशीको गिरफतार र राजमो जिल्ला सदस्य निरु विक रहेका छन् ।
भारतीय दुतावासको सहयोगमा बनेका भवनहरुको निरिक्षण र पन्चेश्वर परियोजनाको बारेमा त्यस क्षेत्रका कर्मचारीहरुलाई जानकारी गराउनको लागी कंचनपुर पुगेका भारतीय राजदुत रंजित रे को विरुधमा राष्ट्रिय जनमोर्चा कंचनपुरले विरोध कार्यक्रम आयोजना गरेको थियो ।
पार्टीले महिला नेतृमाथि पुरुष प्रहरीबाट हातपातको भएको र गिरफ्तारको घटनाप्रति घोर भ्रत्सना गरेको जनाएको छ ।
पार्टी अध्यक्ष चित्र बहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'भारतीय विस्तारवादले नेपालको आन्तरिक मामिलामा लगातार गर्दै आइरहेको हस्तक्षेपको विरुद्धमा राष्ट्रिय जनमोर्चाले निरन्तर रुपमा संघर्ष गर्दै आएको छ । नेपाली जनताले राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई अझ दृढताकासाथ अगाडि बढाउनु पर्ने आवश्यकता रहेको छ ।'
पार्टीले गिरफतार सम्पूर्णको तत्काल रिहाइको लागि हाम्रो पार्टी सरकारसंग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण