नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास शुरु
काठमाडौं– नेपाली सेनाको महाविर गण (रेन्जर) र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास (ब्यालेन्स नेईल १७–३०११) मंगलबारबाट शुरु भएको छ ।
यस्तो संयुक्त अभ्यास नेपाली सेना र अमेरिकी सेनाबीच विगतमा पनि सञ्चालन हुने गरेको थियो ।
अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली गत पौष २८ गते आवश्यक तालिम सामाग्री सहित नेपाल आईपुगेको थियो । उक्त अभ्यास, विभिन्न सैनिक युद्धकला लगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकार जस्ता विषयहरुमा आधारित रहने छ । सैन्य अभ्यास आगामी मघ १८ गतेसम्म सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनाले जनाएको छ ।
दुई देशका सेनाको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य मित्रराष्ट्रहरुको सेनासँग सहकार्य गरी सैनिक कारवाही सञ्चालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्ने बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण